सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये आठ वटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताए । 

“पुनःनिर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन वर्षात् र बाढीको प्रकोपका कारण सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनको काममा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको छ”, मन्त्री दाहालले भने, “वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि थप रु १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायसँग छलफल भइरहेको छ ।” तर दातृ निकायको मात्र भर नपरी मन्त्रालयले आफ्नै स्रोतबाट भए पनि पुनःनिर्माणलाई अघि बढाउने उहाँको भनाइ छ ।

 नीतिगत र कानुनी काम प्राथमिकतामा मन्त्रालयले यस एक सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यलाई प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । नीतिगत, सुशासन र कानुनी सुधारतर्फ एक सय दिनको अवधिमा सात उपलब्धि प्राप्त भएका छन् । 

 राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इञ्जिनियरिङ परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउनेलगायत काम यस अवधिमा भएका छन् ।

यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले तीन नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्नेगरी पहिचानसमेत गरेको छ । 
 

वन मन्त्रालयको उपलब्धि - बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा, बाँदरको हकमा प्रतिवेदन आउन बाँकी

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो वन व्यवस्थापनको मापदण्ड तयार भएको जानकारी ...

जलवायु अनुकूल र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ : ओली

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा ने...

सरकारको सय दिनको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठसहित)

इकागज | कात्तिक ७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशे...

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

इकागज | कात्तिक ७, २०८१

काँक्रेविहार (सुर्खेत) - दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्य...

राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षकाको निष्कर्ष

इकागज | कात्तिक ७, २०८१

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र र...

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

इकागज | कात्तिक ७, २०८१

दोधारा चाँदनी (कञ्चनपुर)-  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा...