सरकार

‘भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु हुन्छ’

इकागज | कात्तिक ५, २०८१

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु गरिने बताएका छन् ।

सोमबार जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाटमा उनले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकाले जिम्मेवारी सम्हाल्ने सबैले जनताको चाहना बुझेर काम गर्नसमेत आग्रह गरे ।

मुख्यमन्त्री कँडेलले सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । उनले गत कात्तिक १७ गते गएको जाजरकोटलगायत क्षेत्रमा भूकम्पमा परेर क्षति भएका सरकारी संरचना प्रदेश सरकारले बनाउने र त्यसका लागि बजेट विनियोजन गरिएको बताए ।

“उक्त बजेट कार्यान्वयन गर्नका लागि कार्यविधि निर्माण भइसकेको छ । अब काममा आलटाल नगरौँ”, मुख्यमन्त्री कँडेलले भने,“भूकम्पबाट प्रभावित भएका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको रु ५० करोड रुपैयाँ परिचालनका लागि विद्यालय छनोट जारी छ ।”

विनियोजन गरिएको रकममध्ये रु २५ करोड जाजरकोट र रु तीन करोड रुकुम पश्चिमका लागि रहेकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गरिने उनको भनाइ छ ।

यसैगरी कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा स्रोतको वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने र प्रदेश सरकारले अगाडि बढाएका योजनाहरूमा भुक्तानीका लागि कुनै समस्या हुन नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

“प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट कात्तिकसम्म सबै योजनाहरूको ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न सबैलाई निर्देशन दिइसकिएको छ । निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयको तहमा लैजानका लागि कर्मचारीको भूमिका महत्वपूर्ण छ । योजना कार्यान्वयनमा कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी अगाडि बढ्न आग्रह छ”, उनले भने । -रासस

 

सरकारले उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने

इकागज | कात्तिक ४, २०८१

काठमाडौँ - सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति ...

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

इकागज | कात्तिक ४, २०८१

काठमाडौँ- अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ म...

सरकारले राहत र पुनःस्थापनाको काम प्रभावकारी ढंगले गरिरहेको छ- प्रधानमन्त्री ओली

इकागज | कात्तिक ४, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सर...

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो...

पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

इकागज | कात्तिक २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट...

स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरि उपप्रधानमन्त्री सिंह छलफलमा

इकागज | कात्तिक २, २०८१

ललितपुर- उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी ब...