सरकार

नेपालसहित ३३ देशद्वारा लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

इकागज | असोज २९, २०८१

काठमाडौं - नेपालसहित ३३ देशहरुले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

३४ देशले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ । द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।'

विज्ञप्ती जारी गर्ने देशमा नेपालसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्डस, पोल्याण्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्ड र  तान्जानिया रहेका छन् ।

दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्लालक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।

नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन

इकागज | असोज २९, २०८१

काठमाडौं- गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य ...

राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

इकागज | असोज २६, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा...

दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छ : उपसभामुख राना

इकागज | असोज २६, २०८१

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कामय राख्दै दिगो शान्ति, सुशासन,...

दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछ : सभामुख घिमिरे

इकागज | असोज २६, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भाव...

मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना : राष्ट्रपति पौडेल

इकागज | असोज २६, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभक...

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस् : प्रधानमन्त्री ओली

इकागज | असोज २६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विज...

‘सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

इकागज | असोज २३, २०८१

काठमाडौँ - नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भू...