सरकार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

इकागज | असोज २०, २०८१

काठमाडौँ - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।

 यसैगरी नेपाल बैंक लिमिटेडबाट रु दुई करोड, निर्माण व्यवसायी विकास परिषद्‍बाट एक करोड, एनएमबी बैंकबाट रु ५१ लाख, नेपाली कांग्रेसबाट रु ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकबारे सरकारले लोकसेवा आयोगसँग परामर्श लिने

इकागज | असोज २०, २०८१

काठमाडौँ - सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकहरू लोकसेवा आय...

तत्काल लाभग्राहीहरूको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

इकागज | असोज २०, २०८१

ललितपुर- गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा...

पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक

इकागज | असोज १९, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेव...

यी हुन् सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह

इकागज | असोज १९, २०८१

काठमाडौँ- सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय ग...

बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

इकागज | असोज १८, २०८१

काठमाडौँ- सरकारले बाढी पहिरो प्रभावित केही जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

इकागज | असोज १८, २०८१

काठमाडौँ - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन ३ करोड रुपैयाँभन्दा बढी रकम हस्तान्तरण भ...

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

इकागज | असोज १८, २०८१

काठमाडौँ- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई सङ्कट...