सरकार

नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रुपमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्न पाउँदा गर्व लागेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | कात्तिक २८, २०८०

पाटन (ललितपुर)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् ।

नेपाल संवत्‌ ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उनले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसँगै नेपाल संवत्‌ जोडिएको छ ।'

प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत्‌ ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम  रहेको  चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्ने बताए । नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत्‌ नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्‌सँगै नेपाल संवत्‌ पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए । 

प्रधानमन्त्रीले दाहालले भने, 'सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरू सबैलाई बधाई तथा शुभकामना भन्न चाहन्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।' 

प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित रही उच्च प्राथमिकता साथ काम गर्दै आएको बताउनुभयो । आजको दिनले नयाँ सन्देश दिने जनाउँदै प्रधानमन्त्री दाहालले नेसं ११४४ को शुभकामनासमेत व्यक्त गरे । 

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय : प्रधानमन्त्री प्रचण्ड

इकागज | कात्तिक २८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सं...

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्छ : राष्ट्रपति पौडेल

इकागज | कात्तिक २८, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको ...

नेपाल संवत्‌बाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

इकागज | कात्तिक २८, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भ...

टिकटक बन्द गर्नुअघि प्रधानमन्त्री प्रचण्ड : १२ बुँदे पक्षधरसँग राय, ओली र देउवासँग सहमति

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ...

सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय

इकागज | कात्तिक २७, २०८०

काठमाडाैँ- सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका...

सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृ...

प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन सुरू गर्छौं : प्रधानमन्त्री प्रचण्ड

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकार...

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए फाल्गुनन्द जयन्तीको शुभकामना

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo...

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ ।​ बिहीबार बसेको म...

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २...