सरकार

जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा नेपालले भन्यो- भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार  प्रतिबद्ध रहेको बताए । 
    
जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा  नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरिएको जानकारी दिँदै मानवअधिकार र मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्था गरिएको बताए । 

नेपालले समानता र न्यायका लक्ष्य हासिल गर्न बाह्य सहायताको आवश्यकता परेका देशहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय दण्डसंहिता र जातीय भेदभाव तथा छुवाछूत ऐनले जातीय भेदभाव र अन्य भेदभावलाई आपराधिक गतिविधिमा समावेश गरिएको जानकारी मन्त्री गुरुङले दिए । उनले भेदभावविरुद्ध उनले नेपालको ‘शून्य सहनशीलता’ नीतिले सकारात्मक परिणाम देखाएको बताए । 

बैठकमा मन्त्री गुरुङले ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेसहित तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । रासस

दुबईमा आज के-के कार्यक्रममा सहभागी हुँदैछन् प्रधानमन्त्री प्रचण्ड ?

इकागज | मंसिर १४, २०८०

दुबई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना ...

सरकारले भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाउने

इकागज | मंसिर १३, २०८०

काठमाडौँ- सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी प...

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर ९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि...

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भू...