सरकार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

इकागज | असार ३०, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । ​

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहानै मन्त्रीहरूको पनि शपथ गराउने तयारीमा रहेका छन् । 

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार

इकागज | असार २८, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई अर्को सरकार गठन नहुन्जेल मन्त्रि...

नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बस र यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज | असार २८, २०८१

काठमाडौँ - नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बे...

वृद्ध भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने

इकागज | असार २७, २०८१

काठमाडौँ- सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । ...

सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गर्ने सरकारको निर्णय

इकागज | असार २७, २०८१

काठमाडौँ- सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अव...

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

इकागज | असार २७, २०८१

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘...

शिक्षामन्त्री श्रेष्ठले भनिन्: नेपाली नागरिक हुँ, पीआर र नागरिकता लिएकी छैन

इकागज | असार २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाली नागरिक भएकाले अन्य देशका पीआर तथा ना...