सरकार

स्वास्थ्यमन्त्री यादवको सुझाव : मृत्युपछि अङ्गदान गरौँ

इकागज | चैत १, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उनले मरेर जाने शरीरका अङ्ग अरूलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताए ।

उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अङ्गदान गरिसकेको उल्लेख गर्दै अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गरे । 'मरेर जाने अङ्ग अरुलाई दान गर्दा केही बिग्रँदैन,' उनले भने, 'मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अङ्गले धेरैको जीवन बचाउन सक्छ ।' 

र्गौला दरत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

यसैबीच दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सो खेलमा अङ्ग प्रत्यारोपितको समूह ४-१ गोलअन्तरले विजयी भयो । 

आज विश्वसहित नेपालमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ । 

सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

इकागज | चैत १, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई का...

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न वृहत रणनीति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

इकागज | चैत १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग...

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीको बधाई

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन ...

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक : मन्त्री चौधरी

इकागज | फागुन २९, २०८०

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिग...

हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृती

इकागज | फागुन २९, २०८०

काठमाडौँ- सरकारले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने सम्बन्धी विधेयक तर्जु...

गृहमन्त्री लामिछानेले प्रहरीलाई भनेः गैरकानुनी काम, कर छली, गुण्डागर्दी र तस्करीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन

इकागज | फागुन २९, २०८०

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।...

गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

इकागज | फागुन २८, २०८०

काठमाडौँ- सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस...

ग्याल्पो ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपति पौडेलको विश्वास

इकागज | फागुन २८, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रह...