हलिउड/बलिउड

अरबमा एन्जेलिना जोली र सलमा हायकलाई प्रवेश निषेध !

इकागज | कात्तिक २१, २०७८

अरब-  मार्भलको नयाँ फिल्म ‘इटर्नल्स’ अरबमा प्रतिबन्धमा परेको छ । फिल्ममा समावेश समलिंगीसम्बन्धी दृश्यलाई काँटछाँट गर्न वितरक डिज्ने राजी नभएपछि फिल्म अरबका कुवेत, साउदी अरेबिया र कतारमा नचल्ने भएको हो ।

मार्भलको फिल्मका पहिलोपल्ट समलिंगी चरित्रलाई स्थान दिइएको छ र फिल्मको एक दृश्यमा उनीहरूलाई चुम्बन गरेको देखाइएको छ । अरबको चलचित्र जाँचपास समितिले यो दृश्य काटे मात्र फिल्म चलाउने दिने अनुमति दिने बताएका थियो जुन डिज्नेले नमानेपछि फिल्मको अरब प्रदर्शन असम्भव बनेको हो । 

फिल्म नोभेम्बर ११ देखि अरबका धेरै देशमा प्रदर्शनका लागि चाँजोपाँजो मिलाइएको थियो । कुवेत, कतार र साउदी अरेबियाले फिल्म चलाउन अस्वीकार गरे पनि संयुक्त अरब इमिरेट्समा भने यो फिल्म नोभेम्बर ११ मा नै प्रदर्शनमा आउनेछ । 

अस्कर अवार्ड विजेता निर्देशक क्लोई झाओको निर्देशन रहेको फिल्मले हलिउडका ठूला स्टारको भिड छ । तर यो फिल्मले न मार्भलको फिल्म जस्तो न क्लोई झाओको फिल्म जस्तो भन्दै समीक्षकबाट नराम्रो प्रतिक्रिया पाएको छ । 

फिल्मलाई मार्भलको झुर फिल्मको सूचीमा अगाडि रहेका ‘थोर’ र ‘ब्ल्याक विडो’ भन्दा पनि कमजोर फिल्मको रुपमा लिइएको छ । फिल्ममा रिचार्ड मेडन, सलमा हायक, एन्जेलिना जोली, जेम्मा चान आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा रहेको समलिंगी चरित्रलाई लिएर फिल्मको आलोचना भएपछि एन्जेलिना जोलीले २१ औँ शताब्दीमा पनि यो कुरालाई विरोध हुनु दुःखद भएको बताएकी छिन् । 

‘एभेन्जर एन्डगेम’लाई उछिन्दै ‘नो टाइम टु डाई’ बन्यो बेलायतमा कुस्त कमाउने पाँचौँ फिल्म

इकागज | कात्तिक १५, २०७८

लन्डन- जेम्स बन्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’ मार्भलको ‘एभेन्जर एन्ड गेम...