घटना-दुर्घटना

काठमाडौँको गैह्रीगाउँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

शुरज थपलिया | पुस १, २०७९

काठमाडौँ - काठमाडौँको गैह्रीगाँउमा बसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।  बा ५ ख ५६२२ नम्बरको बसले शुक्रबार बिहानै ठक्कर दिँदा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । मृतक अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । 

सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कन्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

इकागज | पुस १, २०७९

बेदकोट - बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र र...

बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्योपचार गर्न प्रचण्डको माग

इकागज | मंसिर २८, २०७९

काभ्रे - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक ग...