घटना-दुर्घटना

१८ दिनदेखि बेपत्ता बालककाे शव माटाेमुनि गाडेकाे अवस्थामा फेला

इकागज | पुस ३०, २०७९

कैलाली । १८ दिनदेखि बेपत्ता डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको छ । प्रहरीले शङ्कास्पदस्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।

बोहरा गत १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको भन्दै प्रहरीलाई समेत जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।

गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, चार जनाको मृत्यु*

दीपक उपाध्याय | पुस २५, २०७९

कैलाली - भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । गुजरातबाट टीकापुरतर्...

सिरहामा छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट डीएसपीसहित आठ प्रहरी घाइते

इकागज | पुस २४, २०७९

सिरहा - मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे...