घटना-दुर्घटना

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

इकागज | मंसिर १६, २०७९

जुम्ला- जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ । जुम्ला प्रहरीका अनुसार  बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका-७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।

उनका अनुसार  बेहोस अवस्थामा फेला परेका जैसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो ।

प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारका क्रममा मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। उक्त स्थानमा थप अनुसन्धानको प्रहरीको टोली खटिएको छ ।

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

इकागज | मंसिर १६, २०७९

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै ...

म्यादी माया हत्या प्रकरण : घाइते नेहाको मुखबाट निस्किन्छ टाइगर शब्द, सशस्त्रका जवानमाथि शंका

इकागज | मंसिर १५, २०७९

बैतडी- बैतडीकी भागरती भट्टको बलात्कारपछि विभत्स हत्या भएको एक वर्ष पूरा भयो । तर, यस्ता घटना रोकिए...