घटना-दुर्घटना

दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज | भदौ ३०, २०८१

काठमाडौँ  - दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधनप्रसाद महतोले बताएका छन् । 

उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । उनीहरूको उपचारका लागि सिंगटी प्राथमिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

इकागज | भदौ २८, २०८१

रौतहट-  ​रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थान...

तीन विदेशीसहित ८ क्रिप्टो कारोबारका मुख्य अभियुक्त हिरासतमै रहने

इकागज | भदौ २८, २०८१

काठमाडौँ- क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा ललितपुरबाट पक्राउ परेकामध्ये ८ जना १० दिन प्रहरी हिरास...