घटना-दुर्घटना

सिमलतालमा पहिरो - चुम्बकले खोजी गर्दा पनि भेटिएन बस र यात्रु

इकागज | साउन १२, २०८१

काठमाडौँ - १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । 

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । 

६५ जना सवार उक्त बसका ३ जना जिवितै रहेका छन् भने ६३ जना यात्रु हराइरहेका थिए । हालसम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपत मोचन बलका १२ जना टोली आएका छन् । 

बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तोपत्तो लागेको छैन । बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले संयुक्त रुपमा गरिरहेका छन् । भारतबाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् । भारतबाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताए । 

उक्त बसका अझ ३८ जना यात्रु हराइरहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

इकागज | साउन ९, २०८१

हेटौँडा - मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक...

सौर्य एयरलाइन्सको विमान दुर्घटना - व्यवस्थापन बोर्डका पाँच कर्मचारी परे

इकागज | साउन ९, २०८१

काठमाडौं - काठमाडौंबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको निर्मम हत्या

इकागज | साउन ७, २०८१

सर्लाही - सर्लाहीमा अज्ञात समूहद्वारा पूर्व राज्यमन्त्री रामचन्द्र रायको निर्मम हत्या भएको छ। ८० वर्षीय रायलाई...