घटना-दुर्घटना

हिमपहिरोले थुनियो मुस्ताङको बोक्सेखोला

इकागज | भदौ ७, २०८१

म्याग्दी - मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । ​

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए । 

'शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,' उनले भने, 'हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।' 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ । 

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाएको बताए ।  'ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,' उनले भने, 'बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।'

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान गरे संरक्षण र समुत्थान हुन्छ : राष्ट्रपति पौडेल

इकागज | भदौ ७, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेम...

मर्स्याङ्दी नदीमा खसेको बसबाट २९ जनाको उद्धार, ११ जनाको खोजी हुँदै (भिडियो)

इकागज | भदौ ७, २०८१

काठमाडौँ - तनहुँको आबुखैरेनी नजिक यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा २९ जना घाइते भएका छन् ।  ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ पर्यटकको मृत्यु

इकागज | भदौ ५, २०८१

काठमाडौँ - पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर ख्यातिप्राप्त अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव ०८०/८१ ले...