अनियमितता

इलामको पशुपति सामुदायिक वनका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | साउन २८, २०८०

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रक्रिया नपुर्याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविपरीत आफू अनुकूल कागजात तयार पारी रु १५ लाख पाँच हजार नौ सय ३० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ । 

यस्तै वन उपभोक्ता समितिका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध रु चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गौँडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध रु चार लाख, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको अभियोग देखिएकाले कैद र जरिवानाको माग गरेको छ ।

आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान रु ११ लाख पाँच हजार नौ सय ३० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित १६ जना विरुद्ध मुद्दा दायर

इकागज | साउन २५, २०८०

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका तत्कालीन...

एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो सुन प्रकरण अनुसन्धान

इकागज | साउन २२, २०८०

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई...

मधेश प्रदेश : उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

इकागज | साउन २१, २०८०

धनुषा- मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आय...

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

इकागज | साउन २१, २०८०

काठमाडौँ- राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीला...

सामाजिक सुरक्षा भत्ता अनियमिता गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस

इकागज | साउन १८, २०८०

म्याग्दी - रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियम...

४५ हजार घुस लिएको आरोपमा इन्जिनियर अरविन्द कुमारविरुद्व भ्रष्टाचार मुद्दा

इकागज | साउन १५, २०८०

काठमाडौं - रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ...