अनियमितता

घुस लिएको आरोपमा वडाध्यक्ष र ल्याब टेक्नोलोजिस्टविरुद्ध मुद्दा दायर

इकागज | असार २१, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने  माग गरिएको आयोगले जनाएको छ ।
रासस

महोत्तरीका दुई लेखापाल अख्तियारको फन्दामा, एक घुस सहित पक्राउ अर्कामाथि मुद्दा दायर

सुभाष कर्ण | असार २०, २०८०

जनकपुरधाम - महोत्तरीमा प्रहरी सहित दुई लेखापाल घुस लिएको आरोपमा अख्तियारको फन्दामा परेका छन्...

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

इकागज | असार १५, २०८०

काठमाडौँ- नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर ...

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज | असार ११, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ...

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुखविरुद्ध मुद्दा दायर

इकागज | असार ८, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सर...