अनियमितता

सप्तरीको बोदेबर्साएइन नगरपालिकाका नगरप्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १३, २०८०

काठमाडौँ–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साएइन नगरपालिकाका  नगरप्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा नगरप्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।

नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डल, नगरपालिका प्रमुख आतेश कुमार सिंह, वडा ४ का वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माको मिलेमतोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संञालन नै नभएको बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ हिनामिना गरेको आयोगको आरोप छ ।

आरोपीबाट हिनामिना रकम बराबरको बिगो असुल गरि कैद सजायको समेत माग आयोगले गरेको छ ।  
 

नापीका महानिर्देशककै संलग्नतामा सरुवामा आर्थिक चलखेल, अख्तियारदेखि मन्त्रालयसम्म पुग्यो उजुरी

इकागज | भदौ १२, २०८०

काठमाडौँ - नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचन...

कागेश्वरी मनोहराको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र अध्यक्षलाई भ्रष्टाचार मुद्दा

इकागज | भदौ ५, २०८०

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाको गणेश माध्यमिक विद्यालयक...

प्याजमा कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

इकागज | भदौ ४, २०८०

काठमाडौँ - भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मू...

कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकर...