अनियमितता

अख्तियारमा सबैभन्दा बढी उजुरी संघीय मामिलासँग सम्बन्धित, स्थानीय तहका मात्रै ३५.९५ प्रतिशत

इकागज | असोज १५, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धित उजुरी परेका छन् । आयोगको वार्षिक प्रतिवेदनका विषयमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत रहेको जनाएको हो ।

त्यस्तै  शिक्षा (स्थानीय तहसमेत) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

कुल उजुरीमध्ये १८ हजार सात सय ९९ अर्थात् ६६ दशमलव ९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको उनले बताए । सात हजार आठ सय ६९ उजुरी तामेली गरिएको र एक सय ५२ उजुरीउपर सुझावसहित तामेली गरिएको र नौ हजार छ सय ४५ उजुरीउपर आवश्यक कारबाहीका लागि लेखी पठाइएको प्रवक्ता दाहालले बताए । प्रवक्ता दाहालले आयोगमा प्राप्त भएका उजुरीको तथ्य प्रमाणका आधारमा जाेसुकैको संलग्नता देखिए पनि मुद्दा दायर हुने गरेको जिकिर गरे ।

त्यस्तै गत आर्थिक वर्षम विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेस भएका कूल आठ सय ७८ उजुरीउपर आयोगबाट नौ सय ३७ वटा निर्णय भएकोमा एक सय ६२ वटा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । त्यस्तै  ६ सय ५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, आयोगबाट विगत वर्षमा विशेष अदालतमा दायर भएका आरोपपत्रमध्ये आव २०७९/८० मा तीन सय ४१ वटा मुद्दाहरूको फैसला भएको प्रवक्ता दाहालले बताए । 

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर

इकागज | असोज १५, २०८०

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरो...

सुनसरी मालपोत कार्यालयका नायब सुब्बा र खरिदार १ लाख ५० हजार घुससहित पक्राउ

इकागज | असोज १२, २०८०

काठमाडौँ– सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधि...

नक्कली प्रमाणपत्र पेस गरेका कैलालीका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असोज १२, २०८०

काठमाडौँ– नक्कली प्रमाणपत्र पेस गरेर नियुक्ति लिएका कैलालीको दशरथ माध्यमिक विद्यालयमा राहत श...

उदयपुरको त्रियुगाका पूर्व मेयर चौधरी र प्रशासकीय अधिकृत कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असोज १०, २०८०

विराटनगर - नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कोशी प्रदेशका अध्यक्ष समेत रहेका उदयपुरक...

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग

इकागज | असोज ९, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टरा...

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

इकागज | भदौ २६, २०८०

काठमाडौँ - लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइ...

एक लाख घुस लिएका प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ २६, २०८०

काठमाडौँ– सेवाग्राहीसँग एक लाख घुस लिएका बुढानिलकण्ठ प्रहरी प्रभागमा कार्यरत प्रहरी वरिष्ठ हव...