अनियमितता

सल्यानका तत्कालीन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा

इकागज | मंसिर १४, २०७९

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 

शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७र०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्यांकन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ । पुन, शाही र बोहराले बदनियतपूर्बक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानुनअनुसार सजायको माग दाबी गरिएको छ । 

साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्यांकन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ । 

पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर

इकागज | मंसिर १३, २०७९

काठमाडौँ । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपम...

त्रिभुवन जन माविका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

इकागज | मंसिर ७, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन ज...

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर

इकागज | मंसिर ६, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन उपसचिव परशुरा...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कमलेश डिसी र विनयकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २८, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्ष...

घूससहित समातिएका मालपोतका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २४, २०७९

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका पाँचौ त...