'टेनएक्स' क्लबको पहिलो 'एनिभर्सरी' दुई दिन , गायक अनिल सिंह र कालीप्रसादले दर्शक नचाउँने
काठमाडौँ- ठमेलस्थित ‘टेनएक्स’ क्लबले पहिलो वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवमा नेपालका विभिन्न कलाकारको प्रस्तुतिसमेत हुने भएको हो । अक्टोबर १६ र १७, असोज ३० र ३१ गते दुई दिन अर्थात आइतबार र सोमबार विशेष कार्यक्रमबीच वार्षिकोत्सव मनाउन लागेको क्लबले जनाएको छ ।
नेपालका डिजे तथा गायक-गायिकाले प्रस्तुति दिनेछन् । वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए ।
उनका अनुसार अक्टोबर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू, डीजे हम्जा र डीजे ओलारुसलगायतले गेष्टलाई म्युजिकमा झुमाउनेछन् ।
वार्षिकोत्सवमा हुने सांगीतिक कार्यक्रमको होस्ट सुशील नेपालले होस्ट गर्ने छन् । फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका कलाकारको उपस्थिति रहने क्लबले जनाएको छ । एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको छ ।
क्लबले टेनएक्सका इनहाउस डिजेहरु डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लब पारखीहरूलाई नचाउँदै आएका छन् ।
क्लबका सीईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ ।’ उनका अनुसार चारजना साथीहरू मिलेर सञ्चालनमा ल्याइएको क्लबले मा हाल ७५ जना कर्मचारी कार्यरत छन्।
वार्षिकोत्सवको दिन प्रवेश शुल्क नलिने क्लबले बताएको छ । क्लबमा आएका ग्राहकलाई दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लबले जनाएको छ ।