संगीत

गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक

इकागज | भदौ ११, २०७९

काठमाडौँ - गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ । शनिबार १५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो ।

नेपाली गजल सङ्गीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै गजलकार करुण थापाले लामो समयदेखि गजल लेखन, अभियान र समालोचनामा सक्रिय घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजलका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । 

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ । एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो ।