प्रमुख समाचार

नोबल अस्पतालले भन्योः कर्मचारीलाई तलब खुवाउन नसक्दा बीमा बन्द

इकागज | साउन २, २०७९

काठमाडौँ- विराटनगरस्थित नोबल अस्पतालले कर्मचारीलाई तलब खुवाउन नसकेकोले बीमा सेवा बन्द गर्नु परेको प्रष्टीकरण दिएको छ । यसअघि अस्पतालले सेवा सुविधा उपलब्ध गराएको भए पनि सप्लायर्सलाई समयमा रकम दिन नसकेकाले बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

त्यस्तै, सरकारले २०७८/०७९ को बजेट वक्तव्यमार्फत साउन गतेबाट सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र बीमा सुविधा सेवा प्रवाह गर्ने नीति पारित गरेको थियो । निजी अस्पतालमा बीमा सेवाको व्यवस्था हुने वा नहुने अन्यौल रहेकाले साउन १ गतेबाट बन्द हुने अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,' कर्मचारीहरूको तलब, विभिन्न सप्लयार्यसको बाँकी बक्यौता, बैंकको ऋण किस्ता र ब्याज तथा राज्यलाई कर लगायको भुक्तानी गर्ने समस्या उत्पन्न हुँदा बीमा रकमको हालसम्मको क्लेम नभएसम्म र सरकारले निजी स्वास्थ्य संस्था सेवा प्रदायकहरूबाट समेत स्वास्थ्य बीमाका कार्यक्रमहरू सञ्चालन गर्ने निर्देशन आएपछि मात्र सुचारू गरिन्छ ।'

डिएसपीले पोखरीमा धकेलेपछि वडाध्यक्ष भन्छन्- यो भन्दा ठूलो अन्याय के हुन्छ ?

इकागज | साउन २, २०७९

बुटवल- बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीला...

जनार्दनमाथि छानबिन : मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी

इकागज | साउन २, २०७९

काठमाडौँ- करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय वशेष ...

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

इकागज | साउन २, २०७९

खोटाङ- खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअ...