मेयर बालेन्द्रले भनेः शाक्यको पालामा खरिद गरिएको दमकल आइपुग्यो
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएको तीन वटा दमकल आइपुगेको बताएका छन् ।
उनले दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए । नगरप्रमुख शाहले भनेका छन्' महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ ।'
आगोको प्रयोगमा सावधानीको आवश्यकता रहेको उनको ठहर छ । काठमाण्डौँ जस्तो क्षेत्रहरूमा आफ्नै संरचनागत खराबीले गर्दा आगलागीको जोखिम उच्च रहेको उनले बताए । उनले फेसबुकमा लेखेर भनेका छन्,' नियन्त्रणमा सीमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनैपर्छ । '