प्रमुख समाचार

अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

इकागज | असार २८, २०७९

काठमाडौं- करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ। 

मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो । 

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सिसिटिभी फुटेजसहित अन्य आवश्यक कागजात समेत माग गर्ने निर्णय भएको छ । समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए । 

पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन । अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार २८, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण...

राहदानी विभागले भन्योः एक वर्षभन्दा बढी समय रहेको 'पासपोर्ट'को नवीकरण हुँदैन

इकागज | असार २८, २०७९

काठमाडौँ- राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ 'पासपोर्ट' का लागि ...

कभर्ड हल स्तरोन्नति : ३९ लाख बजेटमा २० लाख खर्च, प्रतिवेदनबमाेजिम देखिदैन काम

इकागज | असार २८, २०७९

बारा- बाराको निजगढ नगरपालिका-८ बजारमा रहेको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङको संरचना स्तरोन्नतिम...

बाबुराम पक्षीय विस्तारित बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित

इकागज | असार २८, २०७९

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको...

भरतपुर विमानस्थल, क्रिकेट रंगशालाको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

इकागज | असार २८, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशा...

औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको भाषा परीक्षा साउन २ गतेबाट

इकागज | असार २८, २०७९

काठमाडौँ- औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको लागि भाषा परीक्षा साउन २ गतेबाट भदौ ९ गतेसम्म हुने भ...

के हुन्‍छ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग ?

इकागज | असार २८, २०७९

काठमाडौँ- सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभि...