प्रमुख समाचार

यस्तो छ देशको वर्तमान आर्थिक स्थिति, मुद्रास्फीति ८.५६ प्रतिशत

इकागज | असार २७, २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो देशको आर्थिक स्थिति तथ्यांकअनुसार २०७९ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो , ऊनी गलैंचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी, दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७५ प्रतिशतले वृद्धि भएकाे छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ। 

निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अन्‍नपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो।

रेमिट्यान्स

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,१३,३६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो। 

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

जसपामा बाबुराम पक्ष केन्द्रीय समितिको बैठक पर्सीदेखि, यस्ता छन् अजेन्डा

इकागज | असार २७, २०७९

काठमाडौं । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा...

घुस र कमिसनले जीवन चलाउने राजनीति रहेसम्म मुलुक बन्दैन : श्रेष्ठ

इकागज | असार २७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घुस तथा कमिसनले जीवन चलाउने सदावहार चिन्तन...

विश्वप्रकाश शर्माको प्रश्‍न - देउवालाई यस्तो सल्लाह कसले दिन्छ ?

इकागज | असार २७, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फि...

१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरे : भुसाल

इकागज | असार २७, २०७९

काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले १० बुँदे सहमति लत्याएर माधवकुमार नेपालले आफ्नो जीवनको ...