प्रमुख समाचार

एनएसएलका लागि नयाँ सम्झौता हुने

इकागज | असार २६, २०७९

काठमाडौँ – फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टबीच नयाँ सम्झौता हुने भएको छ । एन्फाका उपाध्यक्ष दावा लामाले नयाँ सम्झौता अनुसार एनएसएल अघि बढ्ने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गत शुक्रबार एन्फा तथा एनएसएललाई लिएर असन्तुष्ट बनेका चार ‘ए’ डिभिजन क्लबका पदाधिकारीबीच भएको बैठकका क्रममा एनएसएलका लागि भएका सम्झौता रद्ध गर्ने निर्णय भएको थियो । 

सम्झौतापत्रमा धेरै त्रृटिहरु भएका कारण सम्झौतापत्र रद्ध गर्ने निर्णय भएको बैठकमा सहभागी भएका थ्रीस्टार क्लबका महासचिव सञ्जिब सिल्पकारले बताएका थिए ।

तर उपाध्यक्ष लामाले प्रतियोगिता रद्ध नभएको स्पष्ट पार्दै पुरानो सम्झौतामा केही कमीकजोरी रहेको तथा एनएसएल  आयोजक र एन्फा दुबै पक्षको पछिल्लो छलफलबाट विगतमा भएको सम्झौताको पुनरालोकन गरी नयाँ तरिकाले अघि बढाउने सहमति भएको जनाए । 

उनले नयाँ सम्झौताका लागि आन्तरिक रुपमा काम भइरहेको तथा छिट्टै नयाँ सम्झौता सहित एनएसएल अघि बढ्ने जानकारी गराए । 
 

भरतपुर अस्पताल: २४ घण्टासम्म पनि भेटिँदैनन् 'राउण्ड'का चिकित्सक

इकागज | असार २६, २०७९

चितवन - चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटि...

पोखराका पूर्वमेयरले भाडामा दिएको जग्गाबारे छानबिन गर्न समिति गठन

धनबहादुर गुरुङ | असार २६, २०७९

पोखरा - पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले नगर विकासको जग्गा सुटुक्क जग्गा भाडामा दि...

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

इकागज | असार २६, २०७९

पोखरा- आफ्नै बा-आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको व...

इदले नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत गर्छ : राष्ट्रपति भण्डारी

इकागज | असार २६, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा ...

आज बकर ईद मनाइँदै

इकागज | असार २६, २०७९

काठमाडौँ - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इद...