प्रमुख समाचार

काठमाडौँ उपत्यकामा कहाँ-कहाँ देखियाे हैजा संक्रमण ?

इकागज | असार १२, २०७९

काठमाडौँ-  काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा संक्रमण पुष्टी भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार आज थप एक जनामा संक्रमण पुष्टी भएकाे हो । याे सँगै काठमाडौँ उपत्यकामा हैजाबाट बिरामी हुनेहरूकाे संख्‍या ९ पुगेकाे कार्यालयले जनाएकाे छ ।

संक्रमण भेटिएका स्‍थानहरूमा चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, बागबजार, डिल्लीबजार, बालाजु, बल्‍खु रहेका छन् ।  

संक्रमितहरूको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि पनि काठमाडौँ बागबजारका दुई जनामा हैजा देखिएको थियो । उनीहरू उपचारपछि घर फर्किसकेका छन्। 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मुआब्जा नपाएका विराटनगर विमानस्थल पीडितद्वारा राजीनामा दिएका पर्यटनमन्त्री आलेको पुत्ला दहन

इकागज | असार १२, २०७९

विराटनगर । दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएका विराटनगर विमानस्थल प्रभावित क्षेत्रका ...

प्रशिक्षक अल्मुताइरी एन्फाको नयाँ कार्यसमितिसँग काम गर्न इच्छुक

इकागज | असार १२, २०७९

काठमाडौं - निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल न...

गायिका दिलमाया सुनारको भावुक 'सुसाइड नोट' : मसित थोरै सुन छ, बेचेर मेरो छोरालाई दिनू

इकागज | असार १२, २०७९

काठमाडौं - लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित ड...