प्रमुख समाचार

मौसम पूर्वानुमान

गण्डकीमा बिहानै वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

इकागज | असार ८, २०७९

काठमाडौँ - हाल गण्डकीका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक बदली रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  तथा बाँकी भू-भागहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक बदली  तथा बाँकी भू-भागहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

मनसुनी वायुको प्रभाव विस्तारै पश्चिमतिर गइरहेको छ । शुक्रबार कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

याङ्री र लार्केअघि काठमाडौँमा सिस्नेरी खोलाबाट पानी ल्याउने तयारी

इकागज | असार ८, २०७९

इन्द्रसरोवर (मकवानपुर)- काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित ...

यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

इकागज | असार ७, २०७९

काठमाडौँ- छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक ...