प्रमुख समाचार

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

इकागज | असार ९, २०७९

भक्तपुर- आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । ले जनाएको छ । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

साउन १ गतेदेखि काठमाडौँमा कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई पाँच सय जरिवाना

इकागज | असार ९, २०७९

काठमाडौँ- काठमाडौँ महानगरवासीले  साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्न...

बुटवलको नीति तथा कार्यक्रम : समानता र स्वाभिमान स्वस्थ्य उपमहानगर निर्माण गर्ने लक्ष्य

इकागज | असार ८, २०७९

बुटवल- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  ...

१२ वर्ष मुनिका बालबालिकाले असार ९ गतेदेखि कोभिडविरुद्धको खोप पाउने

इकागज | असार ८, २०७९

काठमाडौँ- सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म कोभिडविरुद्धको खोप लग...

पेट्राेलियम खपतले मुलुकको अवस्था भयावह हुँदै : कार्यकारी निर्देशक थानी

इकागज | असार ८, २०७९

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए ...