प्रमुख समाचार

महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

इकागज | असार ७, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।    
    
सांसद मीना सुब्बाले महँगी बढ्दै गएर चरम उत्कर्षमा पुगेर पेट्रोलियम पद्धार्थ, चामल, दाल, तेललगायतको मूल्य अत्यधिक बढेको तर महँगी नियन्त्रण गर्न सरकारको ध्यान नभएकोप्रति ध्यानाकर्षण गराइन् । सांसद मायादेवी न्यौपानेले महँगीका कारण जनताको चुलो चिसो बनाएको तर सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै मूल्यवृद्धिप्रति पुनर्विचार गर्न आग्रह गरिन् ।    
    
सांसद मोहन बानियाँले मुलुकमा छ वर्षयताकै उच्च मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक विद्यालयलमा समयमा पाठ्यपुस्तकको अभाव हुँदा अझै पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद भानुभक्त ढकालले प्रदेशका मन्त्रीले सरकारी गाडीको दुरुपयोग गरेको तर सरकारले त्यसतर्फ खोजी नगरेको उल्लेख गरे ।    
    
सांसद रेखाकुमारीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई भित्र पठाएको बुझिएकाले सिसीटिभी क्यामेरामार्फत ती व्यक्तिलाई सार्वजनिक गर्न माग गरे । सांसद रामबहादुर विष्टले धितो कारोबार धरासयी बन्दै जाँदा साना लगानीकर्ता जोखिममा परेको र सेयर कारोबारमा लगानी गर्नेलाई प्रोत्साहन गर्न त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।    
    
सांसद भीमसेनदास प्रधान, योगेश भट्टराई र राजेन्द्र गौतमले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार, राहत र क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराए ।    
     
सांसद रेखा शर्माले नागरिकता ऐन संसद्मा अड्किएर बस्नाले धेरै नेपाली नागरिकताविहीन भएकाले सबैको सहमतिमा उक्त ऐन अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।    
 

अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धनबारे छलफल, सय मेगावाटको प्लान्ट राख्न सकिने

इकागज | असार ७, २०७९

काठमाडौं– अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन श...

सरकार-प्रतिपक्षीबीच संवादहीनता : ओली भन्छन्- प्रतिपक्षी वैकल्पिक सरकार, त्योसँग परामर्श गर्नुपर्छ

इकागज | असार ७, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अ...

बिहे गर्छु भन्दै होटेलमा लगेर बलात्कार : एक लाख र सुनका गरगहना समेत लुटेर फरार एक पक्राउ

इकागज | असार ७, २०७९

काठमाडौं - प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना...

पंकजविक्रम नेम्वाङ : कुनै समय 'चेन्ज एन्फा' भन्दै एउटै मोर्चामा लागेका कर्माछिरिङलाई हराएर एन्फा अध्यक्ष

इकागज | असार ७, २०७९

काठमाडौँ - कुनै समय 'चेन्ज एन्फा' भन्दै एउटै मोर्चामा लागेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्व...

सेयर जारी नगरेका बीमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने, समितिले दियो यस्तो सुविधा

इकागज | असार ७, २०७९

काठमाडौँ- सर्वसाधारणमा सेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्...

सिंह सचिवमा बढुवा

इकागज | असार ७, २०७९

काठमाडौँ- सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को सोम...