प्रमुख समाचार

ताप्लेजुङमा आठ घर पहिराेले बगायो

इकागज | असार ५, २०७९

फुङलिङ- ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो ।    
    
गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराेले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराेले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ ।    
    
विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिए । गत शुक्रबार सिरिजङ्गामा पहिराेमा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराेले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।    
    
फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराेले बगाएको छ । तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।
    
निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्‌बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।    
 

मनसुन पूर्वी नेपालमा केन्द्रित, काठमाडौँसहित बागमती र गण्डकी प्रदेशमा वर्षा

इकागज | असार ५, २०७९

काठमाडौं - नेपालमा औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम प...

रुकुम पश्चिमको​ रिम्‍ना जाँदै गरेको जीप भेरी नदीमा खस्यो, चालक र सहचालकको मृत्यु

इकागज | असार ५, २०७९

सुर्खेत - रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ...

विजयकुमारले आत्मसम्मान नभएको भनेपछि अर्थसचिव मरासिनीको प्रतिवाद

इकागज | असार ४, २०७९

काठमाडौँ - आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बनाउँदा अर्थमन्त्रीले आफ्नोतर्फबाट भन्सारका पूर्व नासुलाई करक...

सुस्त मनस्थितिकी युवतीमाथि चार जनाकाे सामूहिक बलात्कार, दुई आरोपी पक्राउ

इकागज | असार ४, २०७९

दाङ- दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ पर...