प्रमुख समाचार

असाम र मेघालयमा बाढी पहिरो : कम्तीमा ३१ जनाको मृत्यु

इकागज | असार ४, २०७९

असाम- असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । १. आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट  बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् । 

असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ।

बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गहनासहित एक यात्रु पक्राउ

इकागज | असार ४, २०७९

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार...

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने देउवाको प्रतिबद्धता

इकागज | असार ४, २०७९

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । देउवाल...