प्रमुख समाचार

संघ र प्रदेशको निर्वाचनमा तालमेल हुन सक्छ : श्रेष्ठ

इकागज | जेठ १०, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

‘तालमेल असफल भयो भन्‍ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्‍न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’ श्रेष्ठले भने ।

गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

गठबन्धन दलहरू नै बलियो भएको स्थानीय तहमा भने आफूहरूबीच नै प्रतिस्पर्धा भएको थियो । जसलाई गठबन्धन दलहरूले मित्रवत् प्रतिस्पर्धा भनेका थिए । 

मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने

इकागज | जेठ १०, २०७९

काठमाडौँ- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमब...

राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउन अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने

इकागज | जेठ ९, २०७९

काठमाडौं- रौतहटको राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउने उदेश्यले अल्ट्रा साउण्ड खरिद गर्ने भएको छ...