प्रमुख समाचार

बाेर्ड प्रमुखकाे निजी व्यस्तताले परीक्षा स्थगित

सरिता दाहाल | जेठ १०, २०७९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको क्रम अझै रोकिएको छैन । प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडिसिनको स्नातक तहको परीक्षा व्यक्तिगत समस्याको कारण रोकिएपछि फेरि विद्यार्थीहरू समस्यामा परेका छन् ।

परीक्षा रोकिँदा ४० जना विद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारण गरेको थियो । प्राविधिक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्कविहीन भएको विद्यार्थीहरुको गुनासो छ ।

परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकिएको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् । विद्यार्थीहरुलाई भर्ना लिँदा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट विद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि त्यसको प्रतिवाद गरिएकाे थियाे ।

शुल्ककै विषयमा विद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकिएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेट बैठकले निर्णय गरेपछि विवाद टुङ्गिने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् । शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी ब्यस्ततालाई व्यवस्थापन गर्न परीक्षा नै स्थगित गरेको विद्यार्थीले बताएका छन् ।

"उहाँको निजी पारिवारिक समस्या थियो, त्यसको म्यानेज गर्न उहाँ परीक्षा नै स्थगित गरेर सम्पर्कविहिन हुनुभयो" एक छात्रले भने "हाम्रो परीक्षा र नतिजाबारे के हुने हामी अन्यौलमा छौ ।' मकवानपुर र आसपासका जिल्लाको स्वास्थ सेवामा प्रभाकारिता बढाउँदै आएको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग गरि प्रतिष्ठान चितवन जिल्लामा सार्ने तयारीमा प्रदेश सरकार लागेपछि यसको तीव्र विरोध हुँदै आएको छ । प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपतिलाई निलम्बनदेखि विभिन्न हर्कत गर्दै आएको छ ।

 

शिक्षकले यौन दुर्व्यवहार गरेकाे भन्दै सेन्ट लरेन्सका विद्यार्थीले गरे प्रदर्शन, शिक्षक पक्राउ [फाेटाे फिचर]

अनुज बज्राचार्य | जेठ १०, २०७९

काठमाडौं – विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्य...

भरतपुर महानगर : कांग्रेसले १६ वटा वडा जित्दा, एमाले ६, माओवादी र नेकपा एस ३-३ वडामा खुम्चिए

इकागज | जेठ १०, २०७९

चितवन- स्थानीय निर्वाचनमा सबैभन्दा बढी चासोसाथ हेरिएको भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम आएक...

भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

इकागज | जेठ १०, २०७९

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । ...