प्रमुख समाचार

महागढीमाईमा कांग्रेसले विजय जुलुस निकाल्ने क्रममा झडप

इकागज | जेठ ९, २०७९

बारा- महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो ।
 
कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए ।

झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
घटना आइतबार भएको हो ।

मोरङका १७ वटै पालिकाको मतगणना सम्पन्न : सुन्दरहरैंचाको मेयरमा एमालेका गुरागाँई निर्वाचित

इकागज | जेठ ९, २०७९

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेका केदार प्रसाद गुरागाँई निर्वाचित भएका...

बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, आज यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

इकागज | जेठ ९, २०७९

काठमाडौँ - हाल बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेक...

इटहरीमा अर्की युवतीले गरिन् ७ वर्षअघि विद्यालयका प्रधानाध्यापकले गरेको बलात्कारको खुलासा

इकागज | जेठ ८, २०७९

काठमाडौं – आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि प्रतियोगिताका आयोजकले ६ महिनास...