Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

मेषले प्रशस्त धन कमाउने, तुलालाई बिना प्रतिस्पर्धा फाइदा हुने

इकागज | असार २७, २०८१

आजमिति २०८१ साल असार २७ गते बिहीबार तदअनुसार जुलाई ११ तारिख । ग्रिष्म ऋतु शुक्ल षष्ठी तिथि, पूर्वफाल्गुणी नक्षत्र । आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर ३ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेष 
काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृष 
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मिथुन 
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

कर्कट 
साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

सिंह 
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

कन्या 
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

वृश्चिक 
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

धनु 
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ ।

मकर 
सोचेको आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

कुम्भ 
साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

मीन
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।


 

एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेका छन् : केपी ओली

इकागज | असार २६, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरि...