Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

इकागज | असार २६, २०८१

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र, पुँजीगत खर्च ८३.६२ प्रतिशत

इकागज | असार २६, २०८१

काठमाडौँ- ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ । आ.व.२०८...

चीन र श्रीलंकासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी

इकागज | असार २५, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्...

नरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा दायर

इकागज | असार २५, २०८१

काठमाडौँ - सिराहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध मुद्दा द...

'कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसक्यो अब हुनेवाला केही छैन'

इकागज | असार २५, २०८१

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडे...

महिन्द्र राय यादव भन्छन्- नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ

इकागज | असार २५, २०८१

काठमाडौँ- सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाए...