प्रमुख समाचार

कोशी सरकार: एमाले र काँग्रेसको मन्त्रालय बाँडफाँडमा भयो सहमत्ति

इकागज | साउन १३, २०८१

विराटनगर - कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ ।

सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ ।

सहमति अनुसार अब छिट्टै काँग्रेस सरकारमा जाने भएको छ ।
 
 

चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै

इकागज | साउन १२, २०८१

चितवन - चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो ...

संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुन्छ  - झलनाथ खनाल

इकागज | साउन १२, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा...

झापामा महसुल नतिर्ने ११७० ग्राहकको बिजुली काटियो, पालिकाले पनि तिरेनन् सडक बत्तीको महसुल

इकागज | साउन १२, २०८१

झापा- नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजा...

तरकारी खेतीबाट नाम र दाम दुवै कमाएपछि विदेश जाने सपना नदेखेका खत्री

इकागज | साउन १२, २०८१

गलकोट (बागलुङ)- कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यत...

सुजाता भन्छिन्- बीपीको सिद्धान्त अलिअलि शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं

इकागज | साउन १२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकत...