प्रमुख समाचार

नेपाल एयरलाइन्सले भन्यो - छुटेका यात्रुहरुलाई आज पठाउँछौं

इकागज | मंसिर १४, २०८०

काठमाडौँ - नेपाल एयरलाइन्सले फ्लाइटको समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको दाबी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले सो दाबी गरेको हो । 

काठमाण्डौ- दुबईको उडान नं. RA 229 को नियमित उडान समय रिसेड्युल भई २१:३० बजे राखिएको र यात्रुहरूको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ । 

बुधबार काठमाडौँ दुबईको उडान समय अगाडि सारेर उडान गर्दा ३१ यात्रु छुटेको यात्रु उज्ज्वल विक्रम राणाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

२७४ यात्रु मध्ये केही यात्रुहरू उडानमा छुटेकोप्रति एयरलाइन्सले माफी माग्दै आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्याइने जनाएको छ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए । ११ः३० को फ्लाइट प्रधानमन्त्री जाने भनेपछि ९ः३० मा सारिएको थियो ।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

इकागज | मंसिर १४, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ...

दूरसञ्चार प्राधिकरणले भन्योः टिकटक चलेको छ भने अनुमतिपत्र खारेज हुन्छ

इकागज | मंसिर १४, २०८०

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टिकटक सञ्चालनमा रोक लगाइएकाले कार्यान्वयन भएको छ छैन भन...

गोल्मा राजारानीको दरबारका लागि थाई राजाले पठाएका साढे दुई करोडको बुद्ध मूर्ति

इकागज | मंसिर १४, २०८०

रौतहट- चन्द्रपुर नगरपालिका- १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको ...

नेताहरूलाई मेयर बालेनको व्यङ्ग्य : ८४ ले होइन्, तिमीहरूलाई सक्काएर मात्रै देश बन्छ

इकागज | मंसिर १४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । मेयर बा...