प्रमुख समाचार

जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

संगीता कुँवर | जेठ ३, २०८०

जापान- जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। 

जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहरीले उनीहरूको नाम खुलाएङ्को छैन ।

मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा उमेरका रहेको पाइएको छ । बसमा सवार अधिकांश नेपाली हुनुको कारण काम गर्ने कम्पनीको गाडी हुन सक्ने अनुमान गरिएको छ। 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण साँझ बन्द भएको सडक बिहान मात्र सञ्‍चालनमा आएको छ ।

आज मदन स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा' भन्ने नेताको सम्झना गर्ने दिन

इकागज | जेठ ३, २०८०

काठमाडौं - आज मदन आश्रित स्मृति दिवस ।  नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन ...

वर्ष बित्यो, जहाज उडेनन्

इकागज | जेठ २, २०८०

लुम्बिनी- काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर ...

राप्रपाको केन्द्रीय समिति बैठक सुरु, केन्द्रीय सदस्यहरूले धारणा राख्दै

इकागज | जेठ २, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।​ सोमबारबाट सुर...