प्रमुख समाचार

एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने

इकागज | भदौ २२, २०८०

काठमाडौँ- एसीसी एसिया कपको सुपर फोरअन्तर्गत आइतबार हुने भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने भएको छ ।

यसअघि सेप्टेम्बर १७ मा हुने भनिएको फाइनल खेलका लागि मात्र ‘रिजर्भ डे’ रहेको क्रिकइन्फोले जनाएको छ ।

समूह चरणमा भने श्रीलंकामा खेलाइएको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

यसैबीच, नेपालविरुद्धको खेल गुमाएका जसप्रित बुमराह आफ्नो पहिलो सन्तानको जन्मोत्सव मनाएर भारत र पाकिस्तानबीचको खेलका लागि भारतीय टोलीमा पुन: फर्किएका छन् ।

सुपर फोरको पहिलो खेलमा भने पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । 

संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौति गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार ...

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द

इकागज | भदौ २२, २०८०

सङ्खुवासभा- मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो ज...

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो (सूचीसहित)

इकागज | भदौ २२, २०८०

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा थप एक जना ...