सभामुख घिमिरेले सुनाए रायमाझी पक्राउ परेको सूचना

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई दिएका छन् । उनले सोमबारको बैठकमा रायमाझी पक्राउ परेको सूचना सुनाएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले तीन हिरासतमा राख्न‍ अनुमति पनि दिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बस्नेछ ।