प्रमुख समाचार

विश्वकप- २०२६ : १२ समूहमा चार-चार टिम रहने, १०४ खेल हुने

इकागज | चैत १, २०७९

काठमाडौँ- फिफाले सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलका लागि एक समूहमा चार टिम नै रहने पुरानो व्यवस्था नै लागू गर्ने भएको छ । अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा ४८ टिम हुने भएपछि फिफाले ३-३ टिम गरी १६ वटा समूह बनाउने निर्णय गरेको थियो ।

तर गत वर्ष कतारमा सम्पन्न विश्वकपमा एक समूहमा चार टोली रहेका कारण विश्वकप सफल भएको भन्दै फिफाले एक समूहमा तीन टिम राख्ने निर्णयबाट पछि हटेको बीबीसीले जनाएको छ ।

रुवान्डामा भएको फिफा कंग्रेसले गरेको निर्णय अनुसार २०२६ को विश्वकपमा १ सय ४ खेल हुने भएको छ । यसअघि ८० खेल हुने अनुमान गरिएको थियो ।

यता नकआउट चरण भने अन्तिम ३२ बाट सुरु हुने भएको छ । फिफाले जनाए अनुसार अब प्रत्येक समूहका शीर्ष २ टिमका साथै तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

यससँगै समूह चरणबाट बाहिरिने टिमले ३ खेल खेल्न पाउने सुनिश्चित भएको छ ।

३२ टिम हुँदा विश्वकप जित्ने टिमले ७ खेल खेल्नुपर्ने भएपनि अब चाँही विश्वकप जित्ने टिमले ८ खेल खेल्नुपर्ने भएको छ ।

भाडा माग्दा धाकधम्की दिने २६ व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

इकागज | चैत १, २०७९

काठमाडौँ- महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थ...

स्ववियु निर्वाचन : पाँचथरका सबै क्याम्पसमा निर्विरोध निर्वाचित

इकागज | चैत १, २०७९

पाँचथर- पाँचथरका चार वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्षसहित सबै पदाधिकारी निर्वि...

भक्तपुरमा सडक पेटी कब्जा गरेर व्यापार गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत

इकागज | चैत १, २०७९

भक्तपुर - भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र म...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

इकागज | चैत १, २०७९

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ​कांग्रेस मुख्यसचिव कृष्णप्र...

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक यादवलाई हटाउन मुख्यमन्त्रीकाे निर्देशन

इकागज | फागुन ३०, २०७९

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवल...

बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ

इकागज | फागुन ३०, २०७९

मकवानपुर- बागमती प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्ण...