प्रमुख समाचार

ब्यावसायीले ब्याजदरविरुद्धको आन्दोलन नरोक्ने

इकागज | चैत २, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । 

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो  तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर विरुद्ध मूल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् । 

‘बैक तथा वित्तीय क्षेत्रले केही महिनाअघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८  प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघकाे निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

नेपालले आज निर्णायक खेल खेल्दै, युएईलाई हराएर विश्वकप छनोटमा पुग्‍ने लक्ष्य

इकागज | चैत २, २०७९

काठमाडाै - विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ । किर्त...

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई (फोटो फिचर)

इकागज | चैत १, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थि...