प्रमुख समाचार

चन्द्रागिरि हिल्सले भन्यो–केबलकारमा कुनै समस्या छैन

इकागज | साउन १३, २०७९

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाही बिधुत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको हो । 

पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा कहिलेकाहीँ बिद्युत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर बिद्युतका कारण समस्या भएको उनको भनाइ छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गरे। केहि कारणले बीचमा नै केवरकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने उनले बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केहि कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ ।
 

उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

इकागज | साउन १३, २०७९

काठमाडौँ- यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौँका लागि उडेको ...

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

इकागज | साउन १३, २०७९

स्याङ्जा- स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालत...

बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी

इकागज | साउन १३, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसि...

कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा दिइने

इकागज | साउन १३, २०७९

सुर्खेत- कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने ...

४ वर्षअघि बढेको भाडा अहिले माग, उद्योगीहरु आन्दोलन जाने

सरिता दाहाल | साउन १२, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिल...