संसद्

करिब एक क्वीन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैँ संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई

इकागज | साउन ४, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानबिन हुने विश्वास समेत आफूहरूलाई नभएको बताए ।

उनले सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेको समेत बताए ।

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्ने क्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए ।

'सरकारले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्नुपर्छ'

इकागज | साउन ४, २०८०

काठमाडौँ- ​राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविध...

शिक्षा क्षेत्रमा कानुनको रिक्तता रहनु आपत्तिजनक : मन्त्री राई

इकागज | साउन ३, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानुनलाई समायानुकुल बना...

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

इकागज | असार ३१, २०८०

काठमाडौँ- मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबा...