संसद्

शीर्ष नेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए : सभामुख घिमिरे

इकागज | असार १९, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । 

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाएको बैठकपछि सभामुख घिमिरेले जानकारी दिए ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ,’ उनले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।’
 

संसदीय समितिको सभापति अझै भएन चयन, सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्दै

इकागज | असार १९, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै ...

नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यकता छैनः खिमलाल देवकोटा

इकागज | असार १८, २०८०

काठमाडौँ - राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन्...

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० पारित

इकागज | असार १८, २०८०

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० सर्वसहमतिले पारित भएको छ । ...

दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन

इकागज | असार १८, २०८०

काठमाडौँ- ​राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि ब...