आफ्नाे अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ : रवि लामिछाने
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि उनले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ,’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो धारण हो । प्रधानमन्त्रीले खुलेर यसबारेमा बताउनुपर्ने छ ।’
प्रधानमन्त्रीले दिएको आपत्तिजनक भएको समेत उनले बताए ।
‘हामीलाई लाग्छ हामीले यही सदनबाट रास्वपाको सभापतिको हैसियतले मेरो आफ्नै हस्ताक्षर छ यही सदनबाट नेपाली जनताले चुनेको सदनबाट उहाँ त्यो हस्ताक्षरसहित प्रधानमन्त्री बन्नुभएको हो भन्ने कुरामा हामी निर्धक्क थियौँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले छिमेकी राष्ट्रले बनाउने भनेर आफ्नो सार्वभौम देशको अस्तित्वलाई नै एउटा प्रश्न खडा गर्ने किसिमले अभिव्यक्ति दिनुभयो त्यो आपत्ति जनक छ ।’