संसद्

ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र

इकागज | असार २६, २०८०

काठमाडाैँ– राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष समेत गरेका छन् । उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन ।’

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरूले रोपाइँ गर्न नसकेको प्रति सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

विमला राई पौड्यालकाे प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको हो ?

इकागज | असार २६, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन ला...

आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलिया बाहेक अरु खुसी छैनन् : तारामान स्वाँर

इकागज | असार २६, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाह...

सत्ता पक्षका सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?

इकागज | असार २६, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउ...

संसद्‍मा प्रधानमन्त्रीले भने : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ

इकागज | असार २५, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अन्तरआत्माले भनेको खण्डमा एक मिनेट प...

प्रधानमन्त्रीको स्पष्टीकरण : प्रितम सिंहले भनेर म प्रधानमन्त्री हुनेवाला थिइनँ

इकागज | असार २५, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहले भनेर आफू प्रधानमन्त्री हुने थिइनँ ...

विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीकाे स्पष्टीकरण : म त सुरुदेखि नै स्पष्ट पार्न पर्खिरहेको थिएँ

इकागज | असार २५, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्...

प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस् : राजेन्द्र लिङ्देन

इकागज | असार २५, २०८०

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पदबाट रा...